छाउपडी प्रथा विरुद्ध अछाममा राष्ट्रव्यापी वृहत् चित्रकला प्रतियोगिता गरिने

अछाममा छाउपडी प्रथा विरुद्ध राष्ट्रव्यापी वृहत् चित्रकला प्रतियोगिता गरिने

अछाम: अछाममा छाउपडी कुप्रथा विरुद्ध राष्ट्रव्यापी वृहत् चित्रकला प्रतियोगिता गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय अछाम, रामारोशन गाउँपालिका र रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको संयुक्त आयोजनामा प्रतियोगिता गरिने लागिएको हो ।

समाजमा रहेको छाउपडी प्रथा, बालविवाह र जातीय विभेदको अन्त्यका लागि राष्ट्रव्यापी बृहत् चित्रकला प्रतियोगिता आयोजना गरिन लागेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो । प्रतियोगिताका लागि आवश्यक नियम बनाई जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनिक गरेको छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार, द्वितीयलाई, ३० हजार र तृतीयलाई २० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ ।छाउपडी प्रथा, बालविवाह र जातीय विभेद अन्त्यको भाव झल्कने गरी बनाइएको चित्रको फोटो खिचेर फाल्गुन १८ गते सम्म जिल्ला प्रशासन कार्यालयको इमेल  daoachham11@gmail.com  मा पठाई सक्नुपर्ने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

प्राप्त चित्रबाट निर्णायक समितिले उत्कृष्ट १० चित्र छनोट गरी सम्बन्धित चित्रकारलाई अछाम बोलाई रामारोशनमा क्षेत्रमा फागुन २४ गते नारी दिवसको दिन अन्तिम प्रतियोगिता गरिने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । करिब २४ सय ५६ मिटर उचाइ रामारोशनमा सम्बन्धित चित्रकारले चित्र बनाउने छन् भने निर्णायक समितिबाट उत्कृष्ट चित्र सम्त छनोट गरिने आयोजकले जनाएको छ ।

चित्रकलाको प्रतिलिपि अधिकार जिल्ला प्रशासन कार्यालय अछामसँग राखी चित्र बिक्रीबाट प्राप्त रकमको २५ प्रतिशत रकम कलाकारलाई उपलब्ध गराउने समेत उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार