प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मीराज पाध्याय चयन

प्रेस संगठन बाजुराको संयोजकमा लक्ष्मिराज पाध्याय चयन
प्रकाशित : :

बाजुरा: प्रचण्ड–माधव समूहको प्रेस संगठन बाजुराको संयोजक लक्ष्मीराज पाध्याय चयन भएका छन् ।

प्रचण्ड–माधव समूहको प्रेस संगठन सुदूरपश्चिम प्रदेश कमिटीले लक्ष्मीराज पाध्यायको संयोजक रहने गरी ९ जनाको जिल्ला कार्य समिति गठन गरेको सो समूहका सुदूरपश्चिम संयोजक नवराज भण्डारीले बताएका छन् ।

पाध्याय बडिमालिका खबरका अनलाइन सम्पादक र एभिन्युज टिभीमा बाजुरा संवाददाताका रूपमा कार्यरत रहेका छन् । एक दशक देखी बाजुरामा रहेर पत्रकारिता गर्दै आएका छन् ।

प्रचण्ड–माधव समूहको प्रेस संगठन सुदूरपश्चिम प्रदेश कमिटीका संयोजक नवराज भण्डारी, सहसंयोजक निमेन्द्र साही लगायतको सहभागितामा स्वामिकार्तिक गाउँपालिकाको हलमा भएको भेलाले पाध्यायलाई सर्वसम्मत संयोजक चयन गरेको छ । केपी ओली समूहले नन्दा थापाको संयोजकत्वमा यो भन्दा पहिला नै गठन गरिसकेको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट