नेकपा विवाद पुग्यो सर्वोच्चको बहसमा

सर्वोच्च अदालत

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी कस्को भन्ने विवाद चर्किदै गएको छ। पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपामा आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट कारबाही गरेको यो समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदनसमेत दिएको छ। यता ओलीले भने नक्कलीहरुले मात्र आधिकारिकता दाबी गर्ने भन्दै आफ्नो समूह नै आधिकारिक भएको बताउँदै आएका छन्।

उता ऋषि कट्टेलको समेत नेकपामा आफ्नो दाबी छ। नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नु अगाडि नै आफ्नो नेतृत्वमा नेकपा रहेको भन्दै कट्टेलले दाबी प्रस्तुत गरेका हुन्।नेकपामाथि चौतर्फी रुपमा वैधानिकताको प्रश्न उठेपछि सर्वोच्च अदालतमा परेको रिट निवेदनमा बिहीबार सुनुवाइ भइराखेको छ।

ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बहस सुरु भएको हो।यो मुद्दाको फैसला आजै आउने अनुमान गरिएको छ। नाम बिवाद किनारा लागे सत्तारुढ नेकपाको विवादसमेत किनारा लाग्ने बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार