गरिबका पनि गरिब, असहायका पनि असहाय धन बहादुर टमाटाको जीवन संघर्ष (भिडियो)

भक्त बि.बि. फर ह्युमानिटिको पहलमा उद्धार हुने

भक्त बि.बि. फर ह्युमानिटिको पहलमा टमाटा परिवार को उद्धार हुने

धनगढी: भक्त बि.बि. फर ह्युमानिटिको पहलमा असहाय बेसहारा धनबहादुर टमाटाका परिवार को उद्धार हुने भएको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं. ३ कुचैमा अवस्थित शिबगंगा शिविरका धनबहादुर टमाटाको परिवारको भक्त बि.बि. फर ह्युमानीटीले उद्धार गर्ने भएको हो ।

धनबहादुर टमाटा आफू जन्मजात नै दृष्टि विहीन छन् । उनकी श्रीमती पनि बाल्यकाल देखी नै अपाङ्ग छिन् । श्रीमती का बाल्यकाल मै आगोले दुवै खुट्टा पैताला पोलिएर दुवै खुट्टा का पैताला छैनन्। नौ वर्ष मुनिका दुई छोरा र्दुई छोरी छन् भने टुहुरी भान्जी लाई पनि आश्रय दिएका टमटा परिवारमा ७ जना छन्। नत उनको बस्ने आवास व्यवस्थित छ न त कुनै सहारा छ ।

अहिले टमाटाको परिवार धनबहादुर की श्रीमती पार्वती देवी टमाटाले बजार बजार धाउँदै माग्दै जम्मा गरेको रकमबाट साँझको छाक र बिहानको पेट पाल्दै आएका छन् । उनको परिवार सँग मागेर दैनिकी चलाउनुको विकल्प छैन ।

उनको सो अवस्थाको बारेमा जानकारी पाए लगत्तै भक्त बि.बि. फर ह्युमानीटी का केन्द्रीय सल्लाहकार राज बहादुर चन्दले टमटाको बारेमा जानकारी लिनुभएको छ ।

चन्दले मङ्गलवार टमाटाको परिवार को स्थलगत रूपमा जानकारी लिँदै भन्नुभयो, ‘मानवीय सेवा गर्ने हेतुले स्थापना भएको हाम्रो संस्थाले उहाँको परिवार को बारेमा जानकारी पाए लगत्तै आज मैले स्थलगत रूपमा जानकारी लिएको छु । अवस्था देख्दा आँखा रसाएको छ मन रोएको छ !’ उहाँले भन्नुभयो ।

त्यस्तै, चन्दले आफूले टमाटा परिवार को बारेमा सम्पूर्ण जानकारी आफ्नो संस्थाको केन्द्रीय कार्यालय एवम् अध्यक्ष शारदा भुसाल झा लाई पठाईसकेको र सबै कानुनी प्रक्रिया पुरा गरी सक्दो चाँडो उहाँको छोरा छोरी र भान्जी लाई पढ्न मिल्ने व्यवस्था तथा उहाँहरू श्रीमान् श्रीमती नै अशक्त हुनुहुदोरहेछ उहाँको स-परिवार को उचित व्यवस्था हुने गरी काठमाडौँ लग्ने उहाँले बताउनुभएको छ ।

विस्तृतमा  भिडियो: 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार