धनगढी उप-महानगरका सबै वडा कार्यालयको कार्य सम्पादन नगरप्रमुखको कम्यूटर स्क्रिनमा

धनगढीका हरेक वडाहरुको गतिविधी अब नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने
तस्बिर: नगरप्रमुखको फेसबुकवालबाट

धनगढी: धनगढी उप–महानगरपालिका वडा कार्यालयहरुको गतिविधीहरु नगरप्रमुखको कार्यकक्षबाट अवलोकन गर्न सकिने ब्यबस्था गरिएको छ । उप–महानगरपालिकाका १९ वटै वडा कार्यालयमा सम्पादन भैरहेका कामहरु, सेवाग्राहीले सेवा लिईरहेको अवस्था नगरप्रमुखको कार्यकक्षमा जडान गरिएको कम्यूटर स्क्रीनमा देख्नि सकिने ब्यबस्था मिलाईएको छ ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले सूचना प्रविधीका क्षेत्रमा उल्लेख्य प्रगती भएको बताए । वडाबाट सम्पादन गरिने कामको उप–महानगरपालिकाबाट नै अनुगमन गर्न सकिने भएको छ नगरप्रमुख वडले भने, ‘ योजनाहरुको नागरिक तहबाट अवलोकन गर्न सुझाव दिनका लागि आईएमएस धनगढी एप संचालनमा ल्याएका छौं ।’

धनगढी उप–महानगरपालिकाले खुला सरकारको अवधारणालाई पूर्ण रुपमा आत्मसाथ गरेर अगाडी बढेको नगरप्रमुख वडले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार