लिखित परीक्षामा सामेल प्रशिक्षार्थीहरूलाई ट्राफिक प्रहरी कार्यालय कैलालीद्वारा प्रशिक्षण

लिखित परीक्षामा सामेल प्रशिक्षार्थीहरुलाई ट्राफिक प्रहरी कार्यालय कैलालीद्वारा प्रशिक्षण
ट्राफिक नियमबारे प्रशिक्षण दिदै ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहरा

धनगढी: जिल्ला ट्राफिक कार्यालय कैलालीले ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ।

शनिबार यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा सामेल हुन पुगेका प्रशिक्षार्थीहरुलाई कार्यालयले प्रशिक्षण दिएको हो। कार्यालयले करिब २ हजार २ सय जनालाई विभिन्न ट्राफिक नियमबारे जानकारी गराइएको बताएको छ।

उनीहरुलाई ट्राफिक कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहराले प्रशिक्षण दिएका थिए। प्रशिक्षार्थीहरुलाई ट्राफिक नियमका साथै ओभरटेक गर्दा साईड लाईटको सही प्रयोग, लेन अनुशासन, सुरक्षित सडकको प्रयोग र ट्राफिक संकेतको पालना सम्बन्धी जानकारी दिइएको प्रहरी निरीक्षक बिरेन्द्र बोहराले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार