टमाटा परिवारको उद्धारः धनबहादुर भन्छन्, ‘अब मेरा लालावालाले पनि पढ्न पाउने छन्, आभारी छु !’

टमाटा परिवारको उद्धार
धनगढीः भक्त बि.बि. फर ह्युमानिटि र नवजीवन परोपकार समाजको संयुक्त पहलमा असहाय बेसहारा धनबहादुर टमाटाका परिवारको उद्धार गरिएको छ ।
विगत एक दशक देखी कैलालीको गौरीगङ्गा नगरपालिका वडा नं. ३ कुचैनीमा अवस्थित शिबगंगा शिविरमा बस्दै आएका धन बहादुर टमाटाको परिवारको भक्त बि.बि. फर ह्युमानीटी र नवजीवन परोपकार समाजको संयुक्त पहल तथा नागरिक समाज, प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय व्यवसायीहरूको रोहबरमा आज शनिवार उद्धार गरिएको हो ।
हुन त शिबगंगा शिविर नै पिडै-पिडा, दुःख अनि अभाव सँग जुध्दै बाचिरहेको छ । आज भन्दा भोलि केही फरक अनि सहज हुने आसमा सरकारको बाटो हेर्दै बाँचिरहेको छ । तर त्यो पिडा अभावका बिच पनि बालबालिका पढाउने, मिठो खाने अनि लाउने रहरहरूको बलि दिँदै दाताहरूको हात हेरेर दैनिकी अर्थात् साँझको छाक र बिहानको चुलो बाल्दै दिन कटाई रहेको, गरिबको पनि गरिब, असहायको पनि असाहय परिवार हो धनबहादुर टमाटाको ।
टमाटा परिवार को सो अवस्थाको बारेमा जानकारी पाएको एघारौं दिन (आज) शनिवार भक्त बि.बि. फर ह्युमानीटी र नवजीवन परोपकार समाजको संयुक्त पहलमा उद्धार गरी काठमाडौँ लगिएको छ ।
धनबहादुर टमाटाले आफ्नो परिवार को पिर मर्का बुझी कैलालीको गौरीगंगा ३ मा अवस्थित उक्त शिविरमा रहुन्जेल सहयोग गर्ने सबैप्रति आभारी रहेको बताएका छन् । उनले भावुकहुदै आफ्नो परिवारलाई कैलालीबाट काठमाडौँ लग्न पहल गर्ने सबै धन्यवादको पात्र रहेको बताउँदै, ‘मेरो परिवारको पिर मर्का बुझी उद्धार गर्न पहल गर्नुहुने सबै स्टमित्र, छिमेकी, पत्रकार, प्रहरी तथा सम्पूर्ण संघ संस्था प्रति आभारी छु । साथै विशेष धन्यवाद दिन चाहन्छु, आमा जस्तै बनेर हामीलाई नयाँ जीवन स्वरूप उद्धार गर्न आउनुहुने शारदा भुसाल ज्युलाई !’ उनले भने ।
त्यस्तै, टमाटाको परिवार को स्थलगत रूपमा जानकारी लिँन समेत पुगेका भक्त बि.बि. फर ह्युमानिटीका केन्द्रीय सल्लाहकार तथा रेडियो धनगढीका अध्यक्ष  राजबहादुर चन्दले आफ्नो प्रयास सफल भएको मा खुसी व्यक्त गर्दै भने, ‘टमाटा दाइको अवस्था देखी सकेपश्चात् मलाई निन्द्रा परेको थिएन, उहाँले आफ्नो अवस्था यस्तो हुँदा हुँदै पनि टुहुरी भान्जीलाई समेत सहारा दिइराख्नुभएको रहेछ । कसरी उहाँको सहारा बन्नसकीएला लगाएतक कुराहरूले पिरोलिरहेको थियो । आज उहाँको उद्धार गर्न सफल भएका छौँ खुसी लागेको छ ।’ उनले थप्दै भने, जानकारी पाएको एघारऔं दिन आज उद्धार गर्नको लागी आफू स्वयम काठमाडौँबाट यहाँ सम्म आइदिनुभएकोमा भक्त बि.बि. फर ह्युमानिटीकी अध्यक्ष शारदा भुसाल झा र नवजीवन परोपकार समाजका महा-सचिव तथा अधिवक्ता दीपकराज जोशी उहाँहरू दुवै जनालाई धेरै धेरै धन्यवाद !’ उनले भने ।
त्यस्तै, नवजीवन परोपकार समाजका महा सचिव तथा अधिवक्ता दीपकराज जोशीले टमाटा परिवार को उद्धार गर्न पाउँदा खुसी लागेको बताउँदै, ‘हाम्रो संस्थाले टमटापरीवारको खान बस्न तथा बालबालिका शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताहरूको उचित व्यवस्था मिलाउने छ । उहाँको परिवारले आज जे-जस्तो दुःख भोगे पनि अब देखी उहाँको जीवन शैली फेरिएको छ । सहज दैनिकीको सुरुवात भएको छ ।’ उनले भने ।
यसै गरी, आफूले जानकारी पाएको दिन देखी आज ११औँ दिनसम्म टमाटा परिवार को उद्धारको लागी पहल गर्ने र वास्तवमै टमाटा परिवारका सात जना सदस्यको जीवनमा नयाँ मोड ल्याउने भक्त बि.बि. फर ह्युमानिटीकी अध्यक्ष शारदा भुसाल झाले, ‘मानवीय सेवा गर्ने हेतुले स्थापना भएको हाम्रो संस्थाले उहाँको परिवार को बारेमा जानकारी पाएको ११ औँ दिन उद्धार गर्न पाउँदा हामी खुसी छौँ, अझै यस्ता दुःखी पिडा भोगी रहेका र हसाहय परिवार को सहयात्री बन्दै सहज दैनिकी बनाउन सधैँ कटीबद्ध भएर लागी पर्ने हाम्रो प्रयास जारी छ । उहाँको परिवार को उद्धार गर्दै गर्दा हामीले हाम्रो यत्राको एक नयाँ खुड्किलो पार गरेका छौँ र थप जिम्मेदारी थपिएको महसुस गरेका छौँ ।’ उनले भनिन् ।
विपत्तिमा जीवन जिउनुको अर्थ खोजिरहेका टमाटापरीवारको उद्धार गर्दै भक्त बि.बि. फर ह्युमानिटि र नवजीवन परोपकार समाजले मानवताको बलियो उदाहरण प्रस्तुत गरेका छन् । साथै दुखी पीडित असाहयहरुको सहयोग सहकार्यमा संघ संस्था हरू अगाडी देखी रहेको भएपनी गाउँ गाउँमा सिंह दरबार, जनताको सरकार पुगिरहेको दाबी गरी रहँदा पनि राज्यका तर्फबाट नागरिकले पाउनुपर्ने सहयोग, सहायता भने अझै पाउन सकेका छैनन्, जनताको सेवा तथा समाज सेवामा समर्पित भयौँ भन्ने केही जनप्रतिनिधीहरु भने यस्ता खालका घटनाहरूमा अझै बेखबर हुनु साह्रै दुःखद विषय हो । सरकार पक्षबाट पनि विस्थापित तथा बेसहारा नागरिकहरूको सहजताको लागी हरेक स्थानी तहले उचित सहयोग र व्यवस्थापन गर्नको निमित्त कार्यविधि निर्माण गरी कार्य सम्पादन गरीदिनेहो भने केही सहज र देशमा मानवता जोगिने थियो कि ?
(भिडियो केहिबेर पछि)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार