विप्लव सँग छिट्टै सहमति हुने प्रधानमन्त्रीको दाबी !

प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग छिट्टै सहमति हुने दाबी गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापाको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्दै ओलीले शान्तिको सम्बन्धमा अलि अलि समस्या ठानिएको विप्लव समूहको समस्याको छिट्टै वार्ताद्वारा समधान गर्ने बताउनुभयो । उहाँले समाधानको कार्यक्रम सम्भवतः छिट्टै हुने दाबी पनि गर्नुभयो ।

विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २८ फागुन २०७५ देखि समूहमाथि प्रतिबन्ध लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा विभाजन आएसँगै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग संवादलाई अघि बढाउनुभएको छ । तर, अदालतले संसद पुनस्र्थापना गर्ने आदेश दिएसँगै समूहसँगको संवादको प्रयास रोकिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार