विकासशील राष्ट्र भनेको के हो ? अल्पविकसित राष्ट्रमा हुँदा के हुन्छ ?

नेपाल

आगामी पाँच वर्षपछि अर्थात् सन् २०२६ देखि नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्‍नति हुँदै छ। संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट (सीडीसी)ले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्‍नति गर्न सिफारिस गरेको हो।

नेपालको १५औं आवधिक योजनाले सन् २०२२ मै नेपाललाई विकासशील राष्ट्र बनाउने लक्ष्य लिएको थियो। तर, विश्वव्यापी महामारीका रूपमा आएको कोरोना महामारीका कारण अर्थतन्त्रमा समस्या आएपछि लक्ष्य धकेलिएको हो।

यस्तै, नेपालले सन् २०१५ मै विकासशील राष्ट्रका लागि चाहिने तीनमध्ये दुई सूचांक पूरा गरेको थियो। विकासशील राष्ट्र बन्‍नका लागि प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचक र आर्थिक एवं वातावरणीय जोखिम सूचकमध्ये पछिल्ला दुई सूचक पूरा भइसकेको थियो। तर, भूकम्पका कारण पछि धकेलिएको थियो।

अहिले पनि नेपालको प्रतिव्यक्ति आयको सूचक पुगिसकेको छैन। विकासशील राष्ट्रमा स्तरोन्‍नति हुन एक हजार दुई २२ डलर आवश्यक पर्छ। यद्यपि, नेपालको प्रतिव्यक्ति आय एक हजार १८ डलरमात्रै छ।

विकासशील राष्ट्र भनेको के हो?

  • अविकसित नभई विकासको गतिमा अगाडि बढिरहेको मुलुक।
  • पूर्वाधार बन्दै गरेको र प्रशस्त मात्रामा उद्योगधन्दा कलकारखाना खुल्न थालेको मुलुक।
  • आम्दानीको क्षेत्र र स्रोत बढेको मुलुक।
  • महिलाहरू रोजगारीमा जाने वा महिला सशक्तीकरण भएको मुलुक।
  • शिक्षित र दक्ष जनशक्तिहरूको संख्या बढी भएको मुलुक।
  • पाँच वर्षमुनीका बालबालिकाको मृत्यु संख्या कम भएको मुलुक।
  • खान नपाएर कुपोषण लागेका मानिसहरूको संख्या कम भएको मुलुक।
  • पुरुष र महिलाबीच लैंगिक समानता भएको मुलुक।
  • आर्थिक मन्दी, भूकम्प र महामारी धान्‍न सक्ने अर्थतन्त्र भएको मुलुक।
  • प्रशस्त मात्रामा विदेशी लगानी भित्र्याउन सकिने अर्थात् विदेशी लगानीकर्ताले लगानीका लागि पत्याउने मुलुक।
  • अन्तर्राष्ट्रिय निकायबाट अनुदान नभई तोकिएको ब्याज तिरेर ऋण लिनसक्ने क्षमता भएको मुलुक।
  • कोटा प्रणाली नखोजी प्रतिस्पर्धाका आधारमा अन्तर्राष्ट्रिय व्यापार गर्ने मुलुक।

अल्पविकसित राष्ट्रमा हुँदा के हुन्छ ?

  • विकसित मुलुकले बिनाब्याज आर्थिक सहयोग गर्ने।
  • विकसित मुलुकले नेपालमा उत्पादित सामग्री आयातमा भन्सार राजस्व नलिने।
  • विश्वका जुनसुकै मुलुकमा पत्ता लागेको औषधि नेपाली उद्योगले सिधै उत्पादन गर्न सक्ने।
  • संयुक्त राष्ट्रसंघले अविकसित र गरिब राष्ट्रलाई दिने सुविधा पाइने।
  • विकसित र शक्तिशाली राष्ट्रले अनुदान स्वरूप दिने रकम पाइने।
  • विश्व स्वास्थ संगठनले दिने व्यापार सहुलियत पाइने। -देखापढीबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

सम्बन्धित समाचार