प्रचण्ड माधवले ‘बुढानिलकण्ठ’ लाई ‘तथास्तु’ भनिदिन अनुरोध गरेछन्, तर…: प्रधानमन्त्री ओली

केपी शर्मा ओली
फाइल तस्बिर

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलापछि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री पद चढाउन बुढानिलकण्ठ पुगेको आरोप लगाएका छन्। प्रचण्ड-नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन गुहार गरेको ओलीको भनाई थियो।

‘अदालतको फैसलापछिको दृश्य के देखियो? अबिर जात्रा, लड्डु। चितवनबाट दौडेर हवाइजहाजबाट विमानस्थल उत्रिएर बुढानिलकण्ठ गएछन्। घर छन् उत्तरतिर जाने दक्षिणतिर। लाग्छन् साथीभाइहरु,’ ओलीले भने, ‘मान्छेहरुले सोच्ने भए। साँच्चै सुतिराख्या बुढानिलकण्ठतिर। तर बस्या बुढानिलकण्ठतिर लागे। बुढानिलकण्ठ हात जोडेर प्रधानमन्त्री भइदिनुपर्‍यो प्रभु। तथास्तु भनिदिनुपर्‍यो। मुस्कुराउँदै म विचार गरौँला भन्छन् बुढानिलकण्ठ।’

त्यसैगरी उनले थपे, ‘तथास्तु भन्दिनुपर्‍यो। लड्डु खाइसक्यौँ प्रभु। यस्तो बेला पनि प्रधानमन्त्री अस्वीकार गरिदिन त भएन प्रभु।’

साथीभाइसँग सल्लाह गरेरमात्र अघि बढ्छु भनी देउवाले प्रचण्ड माधवको गुहार नसुनेको ओलीको भनाई थियो। ‘त्यो साथी भनेको तपाईँ नै होला नि हैन,’ यक्ष प्रश्नको अन्तर्वार्तामा उनले यो प्रश्नको भने जवाफ दिएनन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार