ब्लड क्यान्सर पीडित फुटबल खेलाडी नीराजन बँचाउन आर्थिक सहयोगको अपिल !

ब्लड क्यान्सर पीडित फुटबल खेलाडी नीराजन बँचाउन आर्थिक सहयोगको अपिल

धनगढीः ब्लड क्यान्सरबाट पीडित फुटबल खेलाडी नीराजन सिंह बिक लाई बचाउन आर्थिक सहयोगको अपिल गरिएको छ ।

घरको आर्थिक अवस्था एकदमै नाजुक भएका गरौरिगंगा नगरपालिका वडा नं.६ बस्ने फुटबल खेलाडी नीराजन सिंह बिक २५ वर्षको कलिलो उमेरमा ब्लड क्यान्सरको सिकार हुन पुगेका छन् ।

उनको घर परिवारक आर्थिक अवस्था नाजुक भएकै कारण अहिले देशको लागी केही गर्छु भन्ने नीराजन खेल्नुपर्ने आफ्नो मेहेनत, कला देखाउनुपर्ने बेला भारतको चन्डिगड स्थित अस्पतालमा उपचार रथ छन् ।

नीराजनको परिवार सँग २० लाख रुपैयाँ उपचारका लागी खर्च गर्न नसक्ने भएकै कारण उनी अस्पतालमा उनी मृत्यु सँग लडिरहेका छन् ।आफ्नो छोराको सो अवस्था हेर्न नसकेर नीराजनकी विवश आमाले सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

त्यस्तै, अहिले उनको उपचारको लागी समाज सेवी स्थिानिय असहाय हरुको सहारा लक्ष्मी बोगटी कुँवर र मनकारी युवाहरू मिलेर आर्थिक सहयोगको अपिल गरेका छन् ।

उनीहरूले ‘पुण्य कमाउन मन्दिर धाउनुपर्दैन, विरामीलाइृ दान गरे भजन गाउनु पर्दैन’ भन्ने वाक्यासंलाई आत्मासाथ गर्दै नीराजन सिंह बि.क बचाउ अभियानको थालनी गरी सम्पूर्ण मानकारी मनहरूलाई सहयोगको अपिल गरी रहेका छन् । नीराजनको ज्यान जोगाउन अनि उनको खेल्ने इच्छा मर्न नदिन लागी परेका छन् ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार