१ लाख तिरे गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने

गौतमबुद्ध क्रिकेट रंगशाला
तस्बिरः गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना

काठमाडौंः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै हाम्रो रंगशालामा मेरो कुर्सी नामक अभियानको थालनी गर्दै आफ्नो वा परिवारका सदस्यको नामको कुर्सी राख्न १ लाख रुपैया फाउण्डेशनलाई सहयोग गर्नु पर्ने जनाएको छ । फाउण्डेशनले रंगशाला निर्माणका लागि आर्थिक रकम जुटाउन उक्त अभियान थालेको हो । यस अभियानबाट ३ अर्ब संकलन हुने अनुमान गरिएको फाउण्डेशनले जनाएको छ । फाउन्डेसनले रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक गरिएको छ ।

भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो । रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार