धनगढीमा ट्रकले विद्युतको पोलकाे तारमा अड्किएर पाेल ढलाएपछि विद्युत सेवा अवरुद्ध

धनगढीमा ट्रकको ठक्करबाट विद्युतको पोल ढलेपछि
घटनास्थलको अवस्था

धनगढीः धनगढीमा ट्रकले विद्युतको पोलकाे तारमा अड्किएर पाेल ढलाएपछि विद्युत सेवा अवरुद्ध भएको छ।

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४  स्थित चटकपुरमा सु.प.प्र०१००१क१७१३ नम्बर ट्रकले विद्युतको पोललाई ठक्कर दिएको हो ।  हालै कालोपत्रे सम्पन्न भएको सहिद गेट शिवपुरी सडकमा रहेको पोल ट्रकले ढलाएपछि उक्त स्थानमा जोखिम समेत बढेको छ।

स्थानीयका अनुसार विद्युतको तार गुडिरहेको ट्रकमा अल्झिएपछि पोल ढलेको हो। एउटा मोटरसाईकटमा पनि क्षेती पुगेको बताईएको छ ।अहिले उक्त स्थानमा प्रहरी र विद्युतका कर्मचारी खटिएका छन्। विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएको बताइएको छ। ट्रकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार