कर्मचारीका आदर्श उपाध्याय, १९८ दिनको सेवामा न शनिवार बिदा, न एक रुपैयाँ भत्ता !

प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय
गोकर्ण प्रसाद उपाध्याय

धनगढी: अछाम जिल्लाका निवर्तमान जिल्ला प्रमुख तथा नेपाल सरकारका उप-सचीव गोकर्ण प्रसाद उपाध्याय १९८ दिनसम्म अछामको जिल्ला प्रमुख भएर कार्यभार समाले तर उनले १ दिन पनि बिदामा बसेन्न १९८ दिननै जनताको सेवामा खटीरहे । अहिले उनी धादिङ जिल्लामा सरुवा भईसकेका छन् ।

अछाम जिल्लामा रहदा उनको सामु ठूलो चुनौती थियो छाउपडी प्रथा । जो उनले तीन माध्यमबाट छाउपडी प्रथा निर्मुल पार्न महत्त्वपूर्ण प्रयास गरे । लेखनमाध्यम, प्रशासनिक कामकाजका लागि प्रशासनमा आएका नागरिकलाई छाउपडीविरुद्ध सचेतना र बस्तीबस्तीमा पुगेर अभियान थालेर । प्रशासन कार्यालयमा नागरिता लिन आएका १३ हजार नागरिकलाई नागरिता र छाउपडीविरुद्ध सचेतना गराएका थिए ।

उनको मनमा छाउप्रथा अन्त्य गर्ने पहिलो खुट्किल्ला छाउघर भत्काउनु नै थियो । छाउघर भत्काएपछी उनिहरुलाई छाउपडी प्रथा बारे जनचेतना गराउनु पर्छ । ‘धेरैले छाउपडी घर भत्काउनु भन्दा मनको घर भत्काउनु पर्छ पनि भने हामीले के पनि बुझनु पर्छ,छाउघर कस्तो हुन्छ? के हो ?’ उनले भने-‘४-३ फिट भएको सानो घर,जसमा खुट्टा तानेर सुत्न पनि मिल्दैन नत गाईगोरु राख्ने गोठ हुन्छ।’

केही दिन अघि अछामबाट धादिङ सरुवा भएका गोकर्ण प्रसाद उपाध्यायले फेसबुकमार्फत अछाममा रहदा के गरिन भनेर स्टाट्स लेखेका छन् र कसैसङ्ग प्रशन गर्ने मन भए प्रश्न गर्न पनि भनेका छन् ।

‘अछाममा रहँदा के गरिँन ? सम्झिने प्रयास

– १९८ दिनसम्म एक दिन बिदा लिइँन । प्रत्येक शनिबार समेत कार्यालयको काम गरेँ,
– घुम्नको लागि भनेर एक दिन कतै गइँन । बरू काममा जाँदा घुमघाम गरियो । सबैले एकपटक घुम्नै पर्ने रामारोशन अर्को पटक आउने ठाउँ राखियो । रामारोशन गाउँपालिकामा ६ पटक पुँगे । रामारोशन क्षेत्रबाट १ घण्टा नजिकै पुग्दा समेत रामारोशन घुम्न जान मन मानेन । सोँचे फुर्सद हुँदा आउनेछु । अझै पनि भन्छु रामारोशन तिमीलाई हेर्न फुर्सद हुँदा आउनेछु । अथवा फुर्सद लिएर आउनेछु ।
– प्रत्येक स्थानीय तहमा अन्तरक्रिया वा अनुगमनको लागि कम्तीमा दुईपटक पुग्दा आफ्नो वा अरु कुनै कार्यालयबाट १ रुपैयाँ पनि भ्रमण भत्ता बुझिँन,
– कार्यालय वा निवासमा सबै कर्मचारीलाई एक दिन दिउँसो सबैलाई सामूहिक खाजा खुवाउने बाहेक कुनै दिन भोज, भतेर वा पार्टी गरिँन,
– व्यक्तिगत प्रयोजनको लागि २ ओटा कालो र २ ओटै रातो पाइलट पेन र एउटा डायरी बाहेक कार्यालयबाट खर्च व्यहोर्ने गरी ल्यापटप, स्यानिटाइजर, मास्क वा अन्य कुनै पनि वस्तु, सामग्री लिइँन,
– दिउँसो नभ्याएर रातभर दस्तखत गर्नुपर्ने भएकोले गाउँमा गएर वितरण गर्ने १९७ नागरिकता बाहेक कर्मचारीले कुनै काम लिएर वा फाइल बोकेर एक दिन पनि मेरो निवास (क्वाटर) मा आउनु परेन।
– होटल व्यवसायको विरोधी होईन तर होटलमा सञ्चालन भएको कुनै कार्यक्रममा सायद सहभागी भइँन । सदरमुकाममा सञ्चालित गर्नुपर्ने सबै सरकारी कार्यक्रम जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, नगरपालिका, स्वास्थ्य कार्यालय वा घरेलु कार्यालयमा गर्न निर्देशन गरेँ ।

  • कार्यालय समयमा व्यक्तिगत फेसबुक पेजमा एउटा जानकारीमूलक सूचना बाहेक सायद कुनै कुरा पोष्ट गरिँन,
    यस्तै यस्तै………
    बिदामा घरमा बसेको बेला यति सम्झिएछ । अरू पनि केही सम्झिएँ पछि राख्दै गरौंला । कसैलाई प्रश्न गर्ने मन भए गर्नुहोला ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार