नारी दिवसको अवसरमा गोदावरी पत्रकार मञ्चद्वारा सेभ हाउसलाई खाद्यान्न सहयोग

नारी दिवसको अवसरमा गोदावरी पत्रकार मञ्चद्वारा सेभ हाउसलाई खाद्यान्न सहयोग
गोदावरी पत्रकार मञ्चले गोदावरी नगरपालिका वडा नं २ अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको छ ।
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पारेर मञ्चले अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरुलाई संरक्षण दिदै आएको महिला तथा बालबालिका सेभ हाउसलाई खाध्यन्न सहयोग गरेको हो ।
अत्तरियाका बिभिन्न मिडियामा आबद्ध कृयशिल पत्रकारहरुलाई समेटेर गठन गरिएको पत्रकार मञ्चको टिमले आफ्नो पहिलो कार्यक्रम स्वरुप सेभ हाउसलाई आज एक औपचारिक कार्यक्रमका बिच चामल , दाल , नुन , तरकारी लगाएतका खाध्यान्न सामाग्रीहरु सहयोग गरेको हो ।जसमा २ कट्टा चामल , ३ किलो दाल , नुन २ प्याकेट , ५० किलो आलु , बन्दा गोवी २० किलो , फुल गोवी १० किलो , प्याज ५ किलो र टमाटर ५ किलो र हरियो धनिया सेभ हाउसकी अध्यक्ष जानकी मलासीलाई हस्तान्तरण गरिएको गोदावरी पत्रकार मञ्चका प्रवक्ता प्रेम बिष्टले जानकारी दिए ।
मञ्चले यस क्षेत्रका समस्याहरुलाई सामुहिक रुपमा उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण संगै समस्यामा परेकाहरुलाई सहयोग पनि गर्दै जाने कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रममा खाध्यान्न सहयोग गरिएको उनले बताए । आगामी दिनहरुमा पनि यस्ता खालका सहयोगहरु गर्दै जाने पत्रकार मञ्चले बताएको छ । सहयोग हस्तान्तरण पछि सेभ हाउसकी अध्यक्ष जानकी मलासीले अत्तरियाका पत्रकारहरु एकजुट भएर गठन गरिएको पत्रकार मञ्चले महिला दिवसको अबसरमा आफ्नो संस्थामा आएर सहयोग गरेको भन्दै धन्यवाद दिइन् । उनले संस्थालाई खाध्यान्न र तरकारी अभाव रहेका बेला सहयोग गरेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताइन् । यस्तै पत्रकार मञ्चलाई आफ्नो तर्फवाट गर्न सकिने सहयोग पूर्ण रुपमा गर्ने उनले प्रतिबद्धता समेत जनाएकी छन् ।
महिला तथा बालबालिका सेभ हाउसले अहिले ४५ जना अनाथ एबम् असहाय महिला तथा बालबालिकाहरु संरक्षण दिदै आइरहेको छ । अत्तरियाको महिला सेभ हाउसद्धारा गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसले गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ ।
गोदावरी नगरपालिका वडा नं २ मा रहेको सेभ हाउसको कार्यालयमा आयोजित एक कार्यक्रम बिच पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै स्वागत गरेको हो । सेभहाउसकी अध्यक्ष जानकि मलासिको अध्यक्षतामा भएको कार्यक्रममा गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष हेमराज भट्ट प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा सेभ हाउसकी अध्यक्ष मलासीले नव निर्वाचित पदाधिकारीलाई टिका र खादा लगाएर स्वागत गरेकी थिइन् । स्वागतपछि बोल्दै अध्यक्ष मलासीले महिला दिवसको दिन अत्तरियाका क्षेत्रका नवनिर्वाचित पत्रकारहरुलाई स्वागत गर्न पाउदाँ निकै खुसी लागेको बताइन् । उनले आफ्नो संस्थालाई स्थापना कालदेखी आजको दिनसम्म अत्तरिया क्षेत्रका बिभिन्न मिडियामा आबद्ध पत्रकारहरुको ठूलो साथ र सहयोग पाइरहेको भन्दै सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद समेत दिएकी थिइन् ।
उनले यस अघि अत्तरियामा अलग अलग छरिएर रहेकामा पत्रकारहरु एकताबद्ध भएर पत्रकार मञ्चको गठन भएपछि आफुहरुलाई पनि निकै सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । उनले पत्रकारिताको धर्मलाई आत्मसाथ गर्दै समाजमा भएका कमी कमजोरीहरुलाई निष्पक्ष रुपमा उठान गर्न पनि आग्रह गरेकी छन् । साथै उनले पत्रकार मञ्चका लागि आफ्नो र संस्थाको तर्फवाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको समेत बताएकी छन् ।
यस्तै कार्यक्रममा बोल्दै गोदावरी पत्रकार मञ्चका अध्यक्ष एबम् गोदावरी एफ एमका सम्पादक हेमराज भट्टले संस्थाले गरेको स्वागत सम्मान प्रति मञ्चका तर्फवाट धन्यवाद दिए । उनले कुनै पनि कामहरु एक्लै गर्न सम्भव नहुने हुदाँ अत्तरियाका कृयशिल पत्रकारहरुलाई एकताबद्ध गरी सामुहिक रुपमा काम गर्नका लागि मञ्चको गठन गरिएको बताए ।
No description available.
उनले समाज परिर्वतनका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहने भएका यस क्षेत्रका सबैका समस्याहरुलाई सामुहिक रुपमा उठान गर्न र समाजमा पत्रकारका तर्फवाट गर्न सकिने सामाजिक कार्यहरु पनि गर्दै जाने बताएका छन् । कार्यक्रममा गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित उपाध्यक्ष अनिल पन्त , प्रबक्ता प्रेम बिष्ट , सचिब नरेश नाथ योगी र सह सचिब खेमराज भट्टले आ आफ्ना मन्तब्यहरु राखेका थिए । महिला सेभ हाउसकी कर्मचारी रक्षा श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन संस्थाकी उपाध्यक्ष सकुन्तला सोवले गरेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार