प्रचण्डलाई विप्लवको प्रश्न– माओवादी लडाकुको १९ अर्ब खोइ ?

ओलीलाई प्रचण्ड-माधवले काम गर्न नदिएको आरोप

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव

काठमाडौं । शान्ति प्रक्रियामा आएपछि तत्कालीन माओवादीका ३१ हजार लडाकुलाई विभिन्न शिविरमा राख्दा आर्थिक हिनामिना भएको भन्ने विषयले चर्चा पाउँदै आएको छ ।

यस विवाद निरुपणका लागि तत्कालीन माओवादीले लडाकु राखिएको शिविरहरूमा भएको अनियमितता छानबिन गर्न तत्कालीन सचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा हितराज पाण्डे र डोरप्रसाद उपाध्याय सदस्य रहेको समिति र नेताहरूको सम्पत्ति छानबिन गर्न अमिक शेरचनको नेतृत्वमा लोकेन्द्र विष्ट र नवराज सुवेदी सदस्य रहेको समिति गठन गरेको थियो ।

तर, हालसम्म यसको निरुपण भइसकेको छैन । जस कारण बेलाबेलामा माओवादी लडाकु शिविरमा भएको भनिएको अनियमितताको प्रश्न राजनीतिक रुपमा उठिरहेको छ ।

सात मुख्य शिविर र २१ सहायक शिविरमा रहेका करिब ३१ हजार लडाकुबाट अनमिनले प्रमाणीकरण गर्दा लडाकुको संख्या १९ हजार ६ सय २ कायम भएको थियो । उनीहरुलाई शिविरमा राख्दा आर्थिक अनियमितता भएको भन्दै स्वयं माओवादीभित्र विवाद सृजना गराएको थियो ।

करिब चार अर्ब रुपैयाँ हिनामिना भएको भनिँदै आएका बेला गत शुक्रबार खुला राजनीतिमा आएका नेकपामा महासचिव नेत्रविक्रम चन्द विप्लवले १९ अर्ब रुपैयाँको हिसाब खोजेका छन् ।

सोमबार कपिलवस्तुको शिवगढीमा पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी लडाकु शिविरको १९ अर्ब रुपैयाँ कसले खाएको भनि तत्कालीन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सार्वजनिक रुपमा प्रश्न गरेका छन् ।

‘जनमुक्ति सेनाका लागि आएको १९ अर्ब कसले खायो ?  बजारमा १९ अर्ब भ्रष्टाचारको कुरा उठेको छ । हामीले त्यसका विरुद्ध लड्यौं र उठ्यौं’, प्रचण्डको नाम नलिइ उनैतर्फ इंगित गर्दै विप्लवले प्रश्न गरेका हुन् ।

प्रचण्ड र डा. बाबुराम भट्टराईसहितका नेताहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो विप्लवको टिप्पणी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार