नेकपा एमालेले टाँग्यो कैलाली पार्टी कार्यालयमा ब्यानर !

कैलाली पार्टी कार्यालयमा नेकपा एमालेको ब्यानर टाँगियो

धनगढी: कैलालीमा पनि नेकपाको पार्टी कार्यालयमा एमालेको ब्यानर टाँगिएको छ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेको हो ।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरूमा एमालेको बोर्ड राख्न निर्देशन दिए सँगै कैलालीमा पनि एमालेको ब्यानर राखिएको हो।

नेकपा एमालेका प्रदेश अध्यक्ष कर्ण थापा, पूर्व प्रदेश मन्त्री तथा सांसद पठान सिंह बोहरा, कैलाली अध्यक्ष रतन थापा लगायतको उपस्थितिमा ब्यानर टाँगिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार