धनगढीमा ओली र माधव समूह बिच कुटाकुट, देखियो यस्तो दृश्य (फोटो समाचार)

कैलाली: कैलालीमा एमाले भित्रका दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको हो ।

पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेका थिए । उनीहरूले नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेट हटाए ।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिएका थिए । विवाद बढ्दै गएपछि कुटाकुट भएको हो ।

सोही क्रममा निम्न निर्मम दृश्य हरु समेत देखा पारेका छन् ।

ढुगां हानाहानको अवस्थाको सृजना
ढुगां हानाहानको अवस्थाको सृजना
भीम रावल र भानुभक्त जोशीको नेम प्लेट खुट्टाले कुल्चेर टुटाइएको छ ।
भीम रावल र भानुभक्त जोशीको नेम प्लेट खुट्टाले कुल्चेर टुटाइएको छ ।
कर्ण थापाको नेम प्लेट पनि कुल्चेर टुटाईएको छ ।
कर्ण थापाको नेम प्लेट पनि कुल्चेर टुटाईएको छ ।
धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको नेम प्लेट झुन्ड्याइएको अवस्थामा भेटिएको छ।
धनगढीमा कुकुरको घाँटीमा लेखराज भट्टको नेम प्लेट झुन्ड्याइएको अवस्थामा भेटिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार