गाँजा र गाईको सही सदुपयोग गरे नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ: ऋषिकेष जंग शाह 

नेपाली रानितिज्ञहरु विदेशी शक्तिहरू सँग मिले

विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेष जंग शाह

धनगढीः विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष ऋषिकेष जंग शाहले गाँजा र गाईको मात्रै सही सदुपयोग गर्न सके नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउनु भएको छ ।

अध्यक्ष शाहले विश्व हिन्दु युवा संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा भोलि महा शिव रात्रिको अवसरमा बिहान १०ः३० बजे अत्तरियाको राम जानकी मन्दिर देखी गोदावरीको कमल फुलको प्राङ्गण (शिव धाम) सम्म आयोजना गरिने धर्म सभा तथा वृहत् झाँकी सहितको र्‍याली कार्यक्रम बारे जानकारी दिन बोलन्या थलीको सेटमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गाँजा र गाईको मात्रै सही सदुपयोग गर्न सके नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउनु भएको हो ।

र्यालिको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै शाहले भन्नुभयो, ‘परापूर्व काल देखी नेपालीहरूले प्रयोग गर्दै आइरहेको गाँजा विदेशी षडयन्त्र मा बन्द गरिएको हो । अवैध घोषित गरिएको हो । रक्सीको जस्तो गाँजाले नत कुनै मान्छे मरेको उदाहरण छ । न कुनै बाहिरी मुलुकबाट आयात गर्नु पर्छ । गाँजा कसरी अवैध हुन सक्छ ? यो सब विदेशी रक्सी नेपालमा बेच्ने र नेपालीको आर्थिक अवस्था कमजोर गराउने खेल हो । अहिले अन्तर्राष्ट्रिय जगतमा समेत गाँजालाई जडीबुटीको राजाका रुपमा मानिएको छ । यसलाई विभिन्न शक्ति राष्ट्रहरुले समेत औषधीको रूपमा प्रयोग गरी रहेका छन् । नेपालमा पनि गाँजाको बोट बाट धागो, दाना बाट बहुमूल्य तेल तथा विभिन्न औषधीहरू उत्पादन गर्न सकिन्थ्यो तर विदेशी शक्तिहरू सँग मिलेर नेपाली रानितिज्ञहरु तै चुप मै चुप भएका छन् ।’ उहाँले भन्नुभयो ।

त्यस्तै, देशमा विभिन्न धर्महरू सलबलाइरहेको र वि.सं.२०६३/०६४ को आन्दोलनको गलत प्रयोग गरी नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको शाहको आरोप छ । शाहले भन्नुभयो, ‘त्यसको प्रत्यक्ष असर अहिले परी रहेको र जसले गर्दा नेपालको राष्ट्रिय जनावर, जनावरहरू मध्येको सर्वश्रेष्ठ प्राणी गाई, जो अक्सिजन लिएर अक्सिजन नै फाल्छ त्यस्तो प्राणीको हत्या द्धोङस बढेको छ । त्यो सबै दुर्दशा सडकमा देखी रहेको छ । हामीले गाईको संरक्षण गरी मल मूत्र, दूध लगायतका चिजहरूको सही सदुपयोग गरी वातावरणीय तथा प्रकृति सन्तुलनसमेत स्वच्छ र चलायमान बनाउन समेत सहयोग पुगाउन सक्छौ र हाम्रो उद्देश्य पनि संसारका हरेक प्राकृतिक चिज बस्तुको सही र उचित अनि प्रकृति ढङ्गले उपभोग गरी देशको अर्थतन्त्र तथा हरेक नेपाली सक्षम हुन भन्ने चाहना हो ।’ उहाँले भन्नुभयो ।

त्यस्तै, शाहले भोलि महाशिवरात्रिको अवसरमा आयोजना गरिने धर्म सभा तथा वृहत् झाँकी सहितको र्‍याली कार्यक्रम अतिथि तथा वक्ताहरू, विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष रामचन्द्र अधिकारी, महाराज निवास, महाराज ब्यग्र वेदनाथ, योगी पीताम्बर, विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष ज्योत्सना साउँद, अभियन्ता प्रेम कैदी, अभियन्ता टी.एन. योगी र स्वामी १००८ हरि प्रपन्ना आचार्यको सम उपस्थिति रहने कार्यक्रम सहभागी भईदिनहुन आम जनमानस, बुद्धिजीवी, पत्रकार, समाजसेवी लगायत हिन्दु राष्ट्र नेपालको पक्षधर तथा भगवान् शिव प्रति आस्था वान सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार