बित्थडचिरमा ३९० घण्टे नि:शुल्क बेमौसमी तरकारी खेती तालिम सञ्चालन 

बित्थडचिरमा ३९० घण्टे नि:शुल्क बेमौसमी तरकारी खेती तालिम सञ्चालन
बझाङ: बझाङको बित्थडचिर गाउँपालिकाको देवेश्वरी मा बिमा ३९० घण्टे निःशुल्क बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको छ।
 देशमा भएको बेरोजगारीलाई मध्यनजर गर्दै भावी पुस्ताका मान्छेहरूले बेरोजगारी भोग्न नपरोस् भन्ने हेतुका साथ देवेश्वरी मा.बि का बिद्यार्थीहरुलाइ ६५ दिने तालिम सञ्चालन गरिएको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिमको कार्यालय धनगढी कैलालीद्वारा सञ्चालित उक्त तालिम गाउँपालिकाको देवेश्वरी मा बिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सञ्चालन भएको थियो भने तालिमको उद्घाटन बित्थडचिर गाउँपालिका अध्यक्ष तथा उक्त कार्यक्रम प्रमुख अतिथि प्रेम बोहराले गरेका थिए।
भावी पुस्ताले कसरी कृषि पसालाइ अँगाल्न सक्छन् ; जुनसुकै मौसम पनि कसरी तरकारी खेती गर्न सक्छन् भन्ने विषयलाई मध्यनजर गर्दै ३९० घण्टे बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको र उक्त तालिममा कृषिका विद्यार्थी र अन्य संकायका विद्यार्थी गरी २० जनालाई तालिममा सहभागी गरिएको नेपाल शिक्षक सङ्घ बझाङ बित्थडचिरका सचिव सम्बोधन मल्लले बताउनु भयो । गाउँपालिकाको देवेश्वरी मा बिमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कृषि जेटिए पनि पढाइ हुने गर्छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार