जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले राख्यो ट्राफिक चौराहामा सचेतना मूलक होडिङ बोर्ड

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले राख्यो ट्राफिक चौराहा ट्राफिक सचेतना मूलक होडिङ बोर्ड
धनगढीः समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले शुक्रवार धनगढी बजारको ट्राफिक चौराहा  ट्राफिक सचेतना मूलक होडिङ बोर्ड राखेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीले प्रभावकारी ट्राफिक व्यवस्थापन तथा  सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक सचेतना अभिवृद्धि गर्ने,  चालक र परिचालक तथा सर्बसाधारणहरु मा  ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक चौराहा ट्राफिक सचेतना मूलक होडिङ बोर्ड राखेको हो ।
होडिङ बोर्डमा लेन अनुशासन पालना गरौँ, सुरक्षित सडकको प्रयोग गरौँ, ट्राफिक सङ्केतको पालना गरौँ, मादक पदार्थ सेवन गरी सवारी नचलाऔँ, तीव्र गतिमा सवारी नचलाऔँ, ट्राफिक नियम पालना गरौँ लगायतका नाराहरू समावेश गरिएको छ । हेरौँ ट्राफिक चौराहा ट्राफिक प्रहरीले राखेका ट्राफिक सचेतना मूलक होडिङ बोर्ड…
May be an image of 1 person, standing and road
May be an image of one or more people, people standing and outdoors

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार