एमालेको सुदूरपश्चिम इन्चार्जबाट हटाइए भीम रावल, दिइयो भट्टलाई जिम्मेवारी !

भीम रावल र लेखराज भट्ट

धनगढीः भीम रावललाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाइएको छ। प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटिको बैठकले रावललाई जिम्मेवारीबाट हटाएर लेखराज भट्टलाई इन्चार्ज बनाएको हो।

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका भट्ट माओवादी केन्द्रका तत्कालीन सुदूरपश्चिम संयोजक हुन्। पार्टी एकिकरणपछि प्रचण्डसँग असन्तुष्ट बनेका भट्ट ओलीतिर लागेका थिए।

भट्ट एमालेको केन्द्रीय सदस्यमा समेत मनोनित भएको बताइएको छ। शनिबार पार्टी अध्यक्ष ओली खेमाको केन्द्रीय कमिटि बैठकले यस्तो निर्णय गरेको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार