ओलीले कसलाई दिए कुन विभागको जिम्मेवारी ?

केपी शर्मा ओली
फाइल तस्बिर

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले पार्टीमा झलनाथ-माधव पक्षलाई बाइपास गरेर विभाग प्रमुखहरु चयन गरेका हुन् ।

केन्द्रीय सदस्य खिमलाल भट्टराईका अनुसार स्कुल विभाग प्रमुख ओली आफैंले राखेका छन् । संगठन विभाग विष्णु पौडेललाई दिएको छ । प्रचार विभाग प्रमुख तथा प्रवक्ता प्रदीप ज्ञवालीलाई दिइएको छ । कोष तथा आर्थिक विभाग छविलाल विश्वकर्मा । सम्पर्क विभाग प्रमुखको जिम्मेवारी पनि विश्वकर्मालाई दिइएको छ ।

विदेश विभाग प्रमुखको जिम्मेवारी राजन भट्टराई र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार