गेटामा मृत फेला परेका पुरुषको परिचय खुल्यो

कैलालीको ६ लेन सडक छेउमा पुरुषको शव फेला

धनगढीः कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडक छेउमा मृत अवस्थामा फेला परेका पुरुषको परिचय खुलेको छ।

गोदावरी नगरपालिका–५ गेटास्थित सडकछेउको पानी जमेको कलभर्टमा मृत फेला परेका पुरुष कञ्चनपुरको भीमदत्त नगपालिका–५ का ५२ वर्षीय मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

मालाखेतीका प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार मृतकको साथमा भेटिएको सवारी चालक अनुमती पत्रका आधारमा शवको सनाखत भएको हो।

शनिबार बिहान स्थानीयवासीले खाल्डोमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।  अहिले घटनास्थल पुगेको प्रहरी टोलीले शवलाई पानीबाट निकालेको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार