धनगढीमा भएको मेयर एसपिए कपमा दुर्गालक्ष्मी माविलाई हराउँदै एसपिए बन्यो च्याम्पीयन

धनगढीमा भएको मेयर एसपिए कपमा दुर्गालक्ष्मी माविलाई हराउँदै एसपिए बन्यो च्याम्पीयन

धनगढीः धनगढीमा भएको मेयर एसपिए कप भलिबल प्रतियोगिताको उपाधि आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिएले जितेको छ ।

शनिबार भएको फाईनलमा अत्तरियाको दुर्गालक्ष्मी माविलाई हराउँदै एसपिए च्याम्पीयन बनेको हो । सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजना तथा धनगढी उप–महानगरपालिकाको सहयोगमा भएको छात्रा भलिबल प्रतियोगिताको उपाधि भिडन्तमा धनगढीको एसपिएले अत्तरियाको दुर्गालक्ष्मीलाई वेष्ट अफ फाईभमा ३–० को सोझो सेटमा पराजित गरेको हो । एसपिएले दुर्गालक्ष्मीलाई २५–१९, २६–२४ र २५–१२ को स्कोरले हराउँदै नगद ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।

उपविजेता दुर्गालक्ष्मी माविले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा  शान्ति मावि तेस्रो भएको छ । शान्ति माविले दिपेन्द्र चापपाते माविमाथि ३–० को सोझो सेटको जित हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा शान्ति माविले दिपेन्द्र चारपातेलाई हराउँदै नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तीन दिनसम्म धनगढीमा सञ्चालन भएको मेयर एसपिए कप छात्रा भलिबल प्रतियोगितामा एसपिएकी गरिमा वोहोरा प्लेयर अफ द टुर्नामेन्ट भईन् ।

त्यस्तै एसपिएकी राधिका ऐर वेष्ट स्पाईकर, एसपिएकी निर्मला ओझा वेष्ट डिफेन्डर र एसपिकै निर्मला वोहोरा वेष्ट सर्भर भईन् । दुर्गालक्ष्मीकी पुष्पा धामी वेष्ट सेटर भईन् । प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबा बीचमा पुरस्कार वितरण गरिएको छ । आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख कटकवहादुर अप्रेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष दिपक थापा रहेका थिए । प्रतियोगितामा कैलालीका आठ वटा टीमहरुले भाग लिएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार