सुदूरपश्चिम विश्वविद्यालयले गरेको शुल्क वृद्धि घटाउन विद्यार्थी संगठनहरुको माग (विज्ञप्ति सहित)

सुदूरपश्चिम: सुदूरपश्चिम विश्वविद्यालयले गरेको शुल्क वृद्धि घटाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

आइतबार अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, अखिल छेठौ र वैज्ञानिक समाजवादी विद्यार्थी संगठन ले संयुक्त विज्ञप्ति जारी गर्दै शुल्क तत्काल घटाउन माग गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य अच्युतराज कलौनी, अखिल (क्रान्तिकारी) सेती महाकाली इन्चार्ज वीरेन्द्र शाह, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य भीम भट्ट, अनेरास्ववियु केन्द्रीय सदस्य कमल रोकाया, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्घ सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष उमेश बिस्ट, अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशका कार्यवाहक संयोजक पुष्कर जोशीद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा कोरोना महाकारीका कारण अर्थतन्त्र कमजोर भएको अवस्थामा विद्यार्थीहरूको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धीप्रती आफूहरूको ध्यानाकर्षण भएको उल्लेख छ ।

विद्यार्थी संघठनले आंगिक क्याम्पसमा सञ्चालित विभिन्न संकायका कार्यक्रमका प्रवेश परीक्षामा समेत अनियमितता, अपारर्दीता गरिएको आरोप लगाएका छन् । विद्यार्थी संघठनहरु ले विज्ञप्ति मार्फत उक्त चर्को शुल्क वृद्धि तत्काल खारेज नगरे कडा भन्दा कडा संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार