बझाङको थलारा गाउँपालिकाका सबै वडामा नमूना वस्ती निर्माण गरिने

नमूना वस्ती निर्माण
सांकेतिक तस्बिर

बझाङ: थलारा गाउँपालिकामा ‘सबैको साथ सबैको सम्मान, विभेदरहित समाज निर्माणका लागि हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय दलित नेटवर्क (आरडिएन) नेपालले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

गाउँपालिकाको आर्थिक सहयोग र आरडिएनको आयोजनामा उक्त कार्यक्रम आइतबारदेखि सुरु गरिएको संस्थाका सहजकर्ता शेरबहादुर ओखेडाले बताएका छन् । दलितका समस्या पहिचान गर्ने, नमूना वस्ती निर्माण गर्ने र पूर्ण सरसफाइका लागि थलारा गाउँपालिकाभरिका नौवटै वडामा अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।

सो कार्यक्रमबाट गाउँपालिकाभित्रका प्रत्येक वडामा एक दलित वस्तीलाई नमूना वस्ती बनाउने लक्ष्य रहेको आरडिएनका केन्द्रीय सदस्य तथा थलारा गाउँपालिकाका कार्यपालिका सदस्य श्याम सुनारले जानकारी दिए । अन्तरक्रियामा लम्बा र झपालीलाई नमूना वस्ती निर्माण गर्ने निर्णय भएको जनाइएको छ ।

चैत १५ गतेभित्र गाउँपालिकाभरिका नौवटै वडामा नमूना वस्ती निर्माण तथा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गर्ने आरडिएनका सहजकर्ता ओखेडाले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार