ओलीले भने- २८ गतेको निर्णय मान्ने भए आउनुस्, नभए के गर्न सक्छु र ?

केपी शर्मा ओली
फाइल तस्बिर

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफूहरूले गरेको निर्णय नउल्टिने स्पष्ट पारेका छन्। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एमालेका दुवै पक्षको भेलामा उनले सो निर्णय मानेर अघि बढ्न माधवकुमार नेपाल पक्षलाई प्रस्ताव गरेका हुन्।

‘२८ गतेको निर्णय विधान बमोजिम छ’, ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘निर्णय मान्ने भए आउनुस्, नभए के गर्न सक्छु र?’ ओलीले आफूले पार्टी ब्युँत्याएको नभइ अदालतले ब्युँत्याएकाले नयाँ निर्णय गर्नुपरेको बताएका थिए।

बैठकमा माधवकुमार नेपालले एकपक्षीय र विधान विपरीत निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। ओलीले भने अध्यक्ष र महासचिव सहितको निर्णय भएकाले विधान विपरीत भन्न नमिल्ने बताएका थिए।

२८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटी भेलाबाट नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, केन्द्रीय कमिटी सदस्य थप्ने, विधान संशोधन गर्ने तथा महाधिवेशनको मिति तोक्नेसम्मका निर्णय गरेका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार