धनगढीमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया, चाडपर्व केन्द्रित अनुगमन मात्रै गरेको आरोप

बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने माग

धनगढीमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया, चाडपर्व केन्द्रित अनुगमन मात्रै गरेको आरोप

धनगढी: विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर धनगढी उप-महानगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

धनगढी उप–महानगरपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको आयोजना तथा राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता हकहित संरक्षण मञ्चको समन्वयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

सरोकारवालाहरू बिच भएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने, उपभोक्ता शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने, अनुगमनलाई चाडपर्व केन्द्रित मात्रै बनाउन नहुने सुझाव राखेका थिए । कार्यक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख कमल पुन, उज्ज्वल कोइराला र उपभोक्ता हकहित संरक्षण मञ्च कैलालीका अध्यक्ष धनपति ढुङ्गेलले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बजारमा गुणस्तरहित बस्तुको विक्री वितरण रोकथामका लागि उपभोक्ता शिक्षा आवश्यक रहेको बताए । बुझेकै उपभोक्ताले पनि गुणस्तरका विषयमा ख्याल गरेको पाइँदैन नगरप्रमुख वडले भने, ‘ यसका लागि स्वयं उपभोक्ता बढी सचेत हुनुपर्ने देखिन्छ ।’ उपभोक्ता सचेत भएमा गलत गर्नेले पनि गर्न नसक्ने नगरप्रमुख वडले बताए ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा नगर स्तरीय बजार अनुगमन समितिका संयोजक सुशीला मिश्र भट्टले मूल्यलाई मात्रै ध्यान दिँदा उपभोक्ताहरू चुक्ने गरेको बताइन । कम मूल्यमा बस्तु पाइएमा उपभोक्ताहरू त्यसको खरिद गर्दछन् उप–प्रमुख भट्टले भनिन्,‘ जसका कारण उपभोक्ताहरू सम्म गुणस्तर हीन बस्तु पुग्ने गर्दछ । नियमन प्रक्रियालाई प्रभावकारी बनाउनका लागि आम सञ्चार माध्यम, उपभोक्ता र सरोकारवालाहरूले सक्रिय भूमिका खेल्नुपर्ने उप–प्रमुख भट्टले बताइन ।

धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी बहादुर चन्दले हामी उपभोक्ताहरू नै हौ भनेर सबैले सोचेमा गुणस्तर हीन बस्तु बजार सम्म नपुग्ने बताए । अन्तरक्रियामा नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत सावद, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयका उप–सचिव राम बिचारी ठाकुर र कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले धारणा राखेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार