कुरा धर्मशास्त्रका : माउसुली देख्नुभयो भने यसो गर्नुस्…

माउसुली

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।

शास्त्रमा प्रचलित शकुन शास्त्रको अनुसार माउसुलीलाई कुनै विशेष समयमा देख्नु, जमीनमा या शरीरमा खस्नु भविष्यका लागि शुभ–अशुभ घटनाको संकेतसँग जोडिएको हुन् ।

शास्त्रका अनुसार माउसुलीलाई तिहारको वेलामा देखियो भने यसलाई लक्ष्मीको प्रतिक मानिन्छ । जसको अर्थ आगामी वर्षमा घरमा धनसम्पत्तिमा बृद्धि हुनु हो । यदी घरको भित्तामा माउसुली देख्नु भयो भने तत्काल मन्दिर या भगवानको मूर्ति नजिक राखिएको अक्षता ल्यार माउसुलीलाई छर्किदिनुस् ।

छर्कदै आफ्नो मनोकामना भन्नुस् यसो गर्नाले तपाईले इच्छाएको बस्तु वा मनोकामना पुरा हुने छ । माउसुलीको पूजा अर्चना गर्नाले धन समबन्धी समस्याको हल हुने धार्मिक मान्यता छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार