सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा सिंह नियुक्त

सदस्य सचिव दीपक बहादुर सिंह
धनगढीः सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा दीपक बहादुर सिंह नियुक्त भएका छन् ।
कैलाली जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका सिंह प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका हुन ।  शनिवार बसेको मन्त्री परिषद्को बैठकले सिंह लाई नियुक्त गरेको हो ।
भोलि बिहान ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको सामाजिक मन्त्रालयले जनाएको छ ।  कैलाली अध्यक्ष हुँदा सिंहले देशकै उत्कृष्ट ३ मध्य कैलाली जिल्ला खेलकुद विकास समिति लाई पार्न सफल भएका थिए । सिंहको कार्यकालमा देशभरिमै कैलाली जिल्ला खेलकुदमा तेस्रो भएको थियो ।
उनको कार्यकालमा ४२ वटा विद्यालयमा खेल मैदान, बास्केटबल कोर्ट, बहुउद्देश्यीय कभर्डहल, सबै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिङ रेन्ज र सपोर्ट एकेडेमीका लागि फुटबल मैदान, फूलबारी र खेलकुद विकास समितिमा क्रिकेट पिच निर्माण भएको थियो ।
खेलकुद विकास समितिमा छुट्टै महिला पुरुष शौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम पनि गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार