कमाउन मुम्बई पुगेका दिलबहादुरको दर्दनाक पिडा, खर्च अभावका कारण ज्यान जोगाउनै मुस्किल

दिलबहादुर दमाई खर्चको अभावमा गोठमै छट्पटाईरहेका छन्

धनगढी: डेढ वर्षअघि भारतमा सडक दुर्घटनामा परि दुइटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा २ कोर गाउँका २७ वर्षीय दिलबहादुर दमाई खर्चको अभावमा गोठमै छट्पटाईरहेका छन् । आर्थिक स्थिति अत्यन्तै कमजोर भएकै कारण उनको अहिले सम्म उपचार हुन सकेको छैन ।

रोजगारीका लागि भारतको मुम्बईमा पुगेको तीन दिनमै सडक दुर्घटनामा परे । दुर्घटना परि उनको दुवै खुट्टामा गम्भीर चोट लाग्यो । अहिलेसम्म खुट्टाको उपचारका लागी  आफन्तको सहयोग र ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैशााले दिलको उपचार हुन सकेन । यति बेला उनी जीवन र मरणको अवस्था छन् ।

दिल दमाईका बुवा दुर्गा दमाईलाई एकातिर १८ जनाको परिवारलाई दैनिक जीविकोपार्जन गर्न मुस्किल छ भने अर्को खाउखाउ उमेरको छोरो घरमा खर्चको अभावमा पिडामा तड्पी रहेको देख्दा उनको मन जलेको छ । सम्पत्तिको नाममा एक घर छ । छोराको उपचारमा १५ लाख बढी खर्च गरी सकेका छन् । गर्मी सुरु भए सङ्गै छोराको खुट्टामा घाउ पाक्न सुरु भएको छ ।

थप उपचार खर्च जुटाउन नसक्दा छोरो त्यतिकै सड्ने अवस्थामा रहेको छ । दिल दमाईका एक छोरा,एक छोरी र श्रीमती रहेका छन् । भने परिवारमा आमा,बुबा,दुई दाई सहित १८ जना रहेका छन् । परिवारले मंगलबार बोलन्या थलीको सेटमा धनगढीमा पुगेर दिल दमाईको थप उपचारका लागी सक्दो आर्थिक सहयोग गरिदिन भन्दै सबैमा अपिल गरेका छन् ।

आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ छ भने आर्थिक सहयोग गर्न चाहनेहरूका लागि दिल बहादुर दमाईको वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार