दिलबहादुरका आफन्तहरूको सरकार सँग गुहार: ‘कि आस दे, कि सल्फास दे’ भन्दै मुख्यमन्त्री कार्यालय अगाडि कचौरा लिएर धर्ना

कचौरा बोकी सहयोगको अपिल

उपचारका लागि कचौरा बोकी सहयोगको अपिल

धनगढीः दुर्घटनामा परि दुवै खुट्टा फ्याक्चर भएका दिलबहादुर दमाई को उपचारका लागि कचौरा बोकी सहयोगको अपिल गरिएको छ।

पश्चिम सेती जलविद्युत परियोजना निर्माणको लागि आवाज उठाउँदै आएको बोलन्या थलीको डडेल्धुरा एकाइले दिल दमाईको थप उपचारका लागी सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेको हो।

‘कि सास दे, कि सल्फास दे’ लेखिएको ब्यानरसहित मुख्यमन्त्री कार्यालय अगाडि हातमा कचौरा लिएर दमाईको उपचारको लागि सहयोग अपिल गरिएको हो।

डडेल्धुराको गन्यापधुरा २ कोरगाउँका २७ वर्षीय दिल दमाईको डेढ वर्षअघि भारतको मुम्बईमा सडक दुर्घटनामा परि दुवै खुट्टा फ्याक्चर भएको थियो। आर्थिक अभावमा कारण उनको उपचार हुन सकेको छैन भने, उनी गोठमै छट्पटाई रहेका छन्।

आर्थिक सहयोगका गर्न चाहनेहरूले मोबाईल नम्बर ९८१२६९९२१२ र ९८२८८७४८६२ मा सम्पर्क गर्नसक्नेछन्। साथै दिल दमाईको नाममा रहेको वाणिज्य बैङ्कको खाता नम्बर ४२४०१०००५३०२९०१० मा सोझै पैसा जमा गर्न सकिने छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार