मंगलबार देखि धनगढीमा मेयर, उप–मेयर प्याब्सन कप छात्र-छात्रा प्रतियोगिता सुरु !

धनगढीमा मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिता सुरु

धनगढी: धनगढीमा मंगलबार देखि मेयर, उप–मेयर प्याब्सन कप छात्र-छात्रा प्रतियोगिता सुरु भएको छ । संघीय प्रहरी ईकाइ कार्यालय धनगढीको खेल मैदानमा सुरु भएको प्रतियोगितको धनगढीका नगर प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले भब्य समारोहका बिच उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले राष्ट्रका लागि, स्वास्थ्यका लागि मात्रै नभएर समाजका लागि पनि खेलकुद आवश्यक रहेको बताए । मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले निरन्तरता पाउने नगरप्रमुख वडले प्रतिबद्धता जनाएका छन ।

यस्तैधनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले हरेक क्रियाकलापहरुमा छात्रा र छात्राको सहभागिता महत्वपूर्ण हुने बताईन । अहिले आयोजना गरेको मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताले समाजको धारणामा परिवर्तन ल्याउन सहयोग पु¥याउने उप–प्रमुख भट्टले बताईन् ।

क्यानका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी रेग्मीले मेयर, उप–मेयर प्याब्सन कप छात्रछात्रा प्रतियोगिताका लागि सहयोग गर्ने धनगढी उप–महानगरपालिका र आयोजना गर्ने धनगढी प्वाब्सनलाई धन्यवाद दिए । सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्तले धनगढीले खेलकुदका क्षेत्रमा छुट्टै पहिचान बनाउन सकेको बताए ।

कार्यक्रममा सुदूरपश्चिम विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर हेमराज पन्त, पूर्व शिक्षा निर्देशक नन्दराज जन्त लगायतलाई सम्मान गरिएको थियो । प्रतियोगिता चैत १२ गते सम्म चल्ने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार