प्रगतिशील युवा क्लब भटनाको आयोजनामा मा.वि. स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता हुने 

प्रगतिशील युवा क्लब भटनाको आयोजनामा मा.वि. स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता हुने 
धनगढीः प्रगतिशील युवा क्लब भटनाको आयोजनामा मा.वि. स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । क्लबले एक सूचना जारी गर्दै मा.वि. स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगिता यही चैत ७ गते बिहान ०८ः३० बजे देखी बैतडीको पुर्चौडी नगरपालिका वडा नं. १ हाट स्थित विशाल पार्कमा हुने जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले प्रमाणपत्र, सिल्ड सहित नगद रु ८ हजार, द्धितिय टिमले प्रमाणपत्र, सिल्ड सहित नगद रु ६ हजार र तृतीय हुने टिमले प्रमाणपत्र, सिल्ड सहित नगद रु ४ हजार पुरस्कार को व्यवस्था गरिएको खेल संयोजक मीन ब. धानुक द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
मा.वि. स्तरीय छात्र-छात्रा भलिबल प्रतियोगितामा सहभागीताका लागी खेलाडी ड्रेस अनिवार्य र सहभागी विद्यालयबाट छात्र-छात्रा टिमको सहभागिता हुनुपर्ने भनिएको छ । भने टिम दर्ता शुल्क छात्र-छात्राको लागी एक/एक हजार तोकिएको छ ।
त्यस्तै, टिम दर्ता चैत्र ६ गते साँझ ४ बजे सम्म गर्न सक्ने व्यवस्था गरिएको छ । खेलमा सहभागी हुन चाहने इच्छुक टिमले विस्तृत जानकारीको लागी भूमिराज आई.टी. सेन्टर हाट, बैतडी तथा ९८४८९८८९२७ र ९८६२४७४०३६ मा सम्पर्क गर्न सकिने क्लब द्वारा जारी सूचनामा उल्लेख गरीको छ ।
स्थापना काल देखी प्रगतिशील युवा क्लब भटनाले शिक्षा क्षेत्रमा विद्यार्थीहरूको गुणस्तर उकास्न हाजिर जवाफ, बकत्तृत्वकला प्रतियोगिता तथा अशक्त, अपाङ्ग, निमुखा, गरिब वर्गहरूलाई न्यानो लुगा वितरण साथै खेल क्षेत्रमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आइरहेको छ ।
Bhatana

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार