मालपोत कार्यालय कञ्चनपुरका अधिकृत २४ हजार घुस रकमसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

कञ्चनपुर: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कञ्चनपुरस्थित मालपोत कार्यालय महेन्द्रनगरमा कार्यरत मालपोत अधिकृत लोकराज जोशीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस रकम लिइरहेको सूचनाको आधारमा आयोगको टोलीले मालपोत अधिकृत जोशीलाई २४ हजार नगद घुस रकमसहित आज दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका मालपोत अधिकृत जोशीमाथि थप अनुसन्धान अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी हरिश्चन्द्र जोशीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार