SKIP THIS

प्रदेश युवा परिषद्

कञ्चनपुरमा मादक पदार्थ खाएर श्रीमती माथि कुटपिट, उपचार क्रममा श्रीमतीको मृत्यु

श्रीमती माथि कुटपिट, उपचार क्रममा श्रीमतीको मृत्यु

कञ्चनपुर: मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दोधारा चाँदनी नगरपालिका–७ विजयटोलका ४५ वर्षिय मान सिंह दमाईलाई पक्राउ गरेको छ।

दमाईले चैत २ गते साँझ मादक पदार्थ सेवन गरी ४४ वर्षीय श्रीमती पान्सरीलाई उनले कुटपिट गरेका थिए। घाइते पान्सरीलाई उपचारार्थ महाकाली अस्पतालमा भर्ना गरिए पनि उपचार क्रममा उनको त्यही दिन राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले बताए।

चिकित्सकले उपचारका क्रममा पान्सरीको मृत्यु भएको खबर गरेपश्चात मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरी अनुन्धान भइरहेको उनले बताए।

मृतक पान्सरीको शव पोष्टमार्टमपश्चात उनका भाइले बुझेर लगेका प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार