बैतडीमा वडाअध्यक्ष महिलासँग शंकास्पद अवस्थामा फेला, दुवै प्रहरीको नियन्त्रणमा

बैतडीमा वडाअध्यक्ष महिलासँग शंकास्पद अवस्थामा फेला

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।

शंकास्पद रूपमा भेटिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरू दुवै जनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको हो।

वडाअध्यक्ष महराकी श्रीमती बिमलाले उनीहरू दुवै जनालाई होटेलमा बसेको सूचना पाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन्।

प्रहरी नायव उपरीक्षक अधिकारीले दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएको बताए।  वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार