आफू भन्दा ४१ वर्ष कान्छी युवतीलाई गर्भवती बनाएको अभियोगमा कैलालीमा ६० वर्षीय वृद्ध पक्राउ

पक्राउ

धनगढीः कैलालीमा १९ वर्षीया एक युवतीलाई जबरजस्तीकरणी गरेर गर्भवती बनाएको अभियोगमा बृद्ध पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–४ का ६० वर्षीय बृद्ध ठ्याउके दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय टीकापुरका निमित्त प्रमुख प्रहरी निरीक्षक अरुण बमले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा दमाईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए।

उनकाअनुसार घटना करिब ५ महिना अघिको भएपनि हाल मात्रै सार्वजनिक भएको थियो। ती युवतीको ५ महिनाको गर्भ समेत रहेको बुझिएको प्रहरीको भनाई छ। दमाईलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार