धनगढीमा प्रेस युनियन कैलालीको जिल्ला भेला, उम्मेदवार छनौटका लागि १२ सदस्यीय कार्यदल गठन

प्रेस युनियन कैलालीको धनगढीमा भेला

धनगढीः प्रेस युनियन कैलालीले धनगढीमा जिल्ला भेलाको आयोजना गरेको छ।

नेपाल पत्रकार महासंघको निर्वाचनलाई लक्षित गरेर नेपाल प्रेस युनियन कैलालीले धनगढी उप–महानगरपालिकाको कनरीमा जिल्ला स्तरीय रणनीतिक भेलाको आयोजना गरेको हो।

भेलामा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको समेत सहभागिता रहेको थियो। भेलाबाट नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा प्रेस युनियनको उम्मेदवार छनौटका लागि १२ सदस्यीय कार्यदल समेत गठन गरेको छ। भेला नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार