बझाङको बित्थडचिरमा १२ गते देखी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने

सिल्ड
प्रतिकारात्मक तस्बिर
बझाङ: बझाङको बित्थडचिर गाउँपालिकामा फागुन १२ गतेदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ । १२ गते देखि ५ दिनसम्म चालु आर्थिक वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिका भरिका सम्पूर्ण माध्यमिक विद्यालयका १८ वर्ष भन्दा मुनिका छात्र-छात्राबिच प्रतियोगिता गरी राष्ट्रपति रनिङ सिल्ड सुरु हुने भएको छ। गाउँपालिकाको वडा नम्बर ९ मा रहेको सुनकुडा माध्यमिक विद्यालय खेल खेलमैदानमा सञ्चालन हुने भएको छ।
 प्रतियोगिता अन्तर्गत छात्रछात्रा दुबैतर्फ भलिबल, दौड, रिले, हाई जम्प, लङ जम्प, त्रिपलजम्प र ज्याभालिङ लगायतका खेलहरू सञ्चालन हुनेछ । गाउँपालिकाभरिका पाँच माध्यमिक विद्यालय रहेछन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार