पक्राउ गरेर खोरमा राखिएको बाघ भाग्यो, सतर्क रहन निकुञ्जको आग्रह

पक्राउ गरेर खोरमा राखिएको बाघ
फाइल तस्बिर

बाँके: बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ मंगलवार भागेको छ । बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रणमा लिई बाँके राष्ट्रिय निकुञ्जको टाईगर होल्डीङ सेन्टरमा राखीएको थियो ।

बर्दियाबाट बाँके ल्याएर राखेको बाघ होल्डिङ सेन्टरको खोरबाटै भागेपछि निकुञ्जले जंगलभित्र नजान र सतर्क रहन स्थानियलाई आग्रह गरेको छ । बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले बाघ भागेको जानकारी आएको बताउनुभयो ।

आफुहरु बाघलाई राखीएको खैरीस्थित टाईगर होल्डीङ सेन्टरको अनुगमन गर्न जान लागेको बताउँदै न्यौपानेले बाघ कसरी भाग्यो भन्ने बारे यकिन जानकारी नभएको बताउनुभयो ।

गत बिहिबार बर्दियाबाट बाँकेमा ल्याईएको बाघले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रका धेरै स्थानियलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर बर्दिया जिल्लामा यो वर्ष मात्रै नाै जनाले ज्यान गुमाइसकेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार