भागरथीको हत्या आरोपमा पक्राउ परेका दिनेशको डीएनए ‘म्याच’

भागरथीको भजाइनल स्वाबसँग अभियुक्तको डीएनए मेल खायो

प्रहरीको ठुलो सफलताः अभियुक्तद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार, १७औँ दिन दाहसंस्कार गरिदै

धनगढी: बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ । भागरथीको शरीरबाट निकालीएको स्वाबसँग दिनेशको डीएनए मिलेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले दिनेशको डीएनए प्रयोगशालाबाट म्याच भएको जानकारी दिए ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार