४ दिनदेखि दार्चुलामा सञ्चार अवरुद्ध, सेवाग्राही मर्कामा !

टेलिफोन र इन्टरनेट अवरुद्ध

दार्चुला: दार्चुलामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। जिल्लाभरी ४ दिनदेखि टेलिफोन र इन्टरनेट अवरुद्ध भएपछि नागरिकहरु सञ्चार सेवाबाट बञ्चित भएका हुन्।

टेलिफोन र इन्टरनेट अवरुद्ध बनेपछि इलेक्ट्रोनिक पसल र सेवाग्राहीको काम प्रभावित भइरहेको छ। बेलाबेलामा नेटवर्क आउने जाने भइरहेको भन्दै आफन्तहरुसंग सम्पर्कविहिन हुनुपरेको स्थानीले बताएका छन्।

नेपाल टेलिकम दार्चुलाका अनुसार बैतडीको पाटनमा फाइबर लाइन भाचिएकोले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। नेपाल टेलिकमको सिडिएमए, जिएसएम, एडिसिएल इन्टरनेट सेवाका साथै लिज लाइनमा समेत समस्या देखिएको छ।

फाइबर लाइन भाचिएको क्षेत्रमा प्राविधिक टोली खटिएकोले बिहिबार बेलुकीसम्म सञ्चार सेवा सुचारु हुनसक्ने टेलिकमले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार