माइतीघरमा बसेर गृहमन्त्रीले भने, ‘रेशम चौधरीलाई रिहा गर्न वार्ता टोली गठन गर्छौँ’

गृहमन्त्री रामबहादुर थापा

गृहमन्त्री रामबहादुर थापाले रेशम चौधरीलाई रिहा गर्न वार्ता टोली गठन गर्ने बताएका छन् । रेशम चौधरी, लक्ष्मण थारुलगायतको मुद्दा खारेजीको माग राख्दै  थारु कल्याणकारीणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले माइतीघर मण्डलामा गरेको विरोध कार्यक्रममा सहभागी भएर गृहमन्त्री थापाले वार्ता टोली गठन गर्ने जानकारी दिएका हुन् ।

उनले आफू सरकारको तर्फबाट आन्दोलनमा उपस्थित भएको बताए । सरकार र जसपाबीच रेशम चौधरीको रिहाई र सत्ता गठबन्धन गर्ने मुद्दामा केन्द्रित रहेर वार्ता हुँदै आएको छ । तर, सहमति जुटिसकेको छैन ।

पूर्वसांसद रुकमिणी चौधरीले धर्नाको पाँचौ दिन गृहमन्त्री आएर मागहरूको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन् । उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशम चौधरी, लक्ष्मण थारुलगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्नेलगायतका १९बुँदे माग राखिएको बताइन् । उनले थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको नाउँमा लिखित रुपमा नेपाल सरकारले पत्राचार गरे मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताइन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार