भारतबाट रोजगारी गरी घर फर्किएर क्वारेन्टिन नबस्नेलाई कारबाही गर्ने डोटी प्रशासनको निर्णय

जिल्ला प्रशासन कार्यालय, डोटी

डोटी: पछिल्लो केही दिनयतादेखि भारतमा कोरोना भाइरसको सङ्क्रमण बढेका कारण अहिले रोजगारीका लागि भारत गएका जिल्लाका दजनौँ नागरिक घर फर्किन थालेका छन्।

छिमेकी मुलुक भारतका विभिन्न शहरमा कोरोना भाइरसको जोखिम बढेका कारण रोजगारीका लागि त्यहाँ गएका डोटीका नागरिक धमाधम घर फर्किन थालेपछि अनिर्वायरूपमा १४ दिन क्वारेन्टिन बस्न यहाँको जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईको अध्यक्षतामा आज बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले भारतबाट रोजगारी गरी घर फर्किएका तर क्वारेन्टिनमा नबस्ने नागरिकलाई कारवाही गरिने निर्णय गरेको छ।

डोटीबाट सयौँ नागरिक रोजगारीका लागि भारतका विभिन्न शहर गएका र अहिले उनीहरु घर फर्किन थालेका कारण जिल्लामा कोरोनाको जोखिम बढ्ने निकै सम्भावना रहेको भन्दै सचेत हुनसमेत जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ। कोभिड–१९ बारे फेरि सतर्कता अपनाउन प्रशासनले एक सार्वजनिक सूचना जारी गरी सबैमा अनुरोधसमेत गरेको छ। उक्त बैठकले छ बुँदे निर्णय गरी कार्यान्वयन गर्न/गराउन सबैमा आग्रह गरेको छ।

भारतबाट घर फर्किने व्यक्तिले आफ्नो परिवारजन तथा समुदायको सुरक्षार्थ आफैँ सजग भई तोकिएको न्यूनतम अवधिसम्म क्वारेन्टिन/सेल्फ आइसोलेशनमा बस्ने, स्वास्थ्यसम्बन्धी कुनै समस्या वा सङ्क्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परामर्श तथा सहायता लिने, होली, नव वर्षलगाएतका पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सीमित सङ्ख्यामा परिवारका सदस्यबीच मात्रै मनाउने, साथै पर्वमा मानिस जम्मा भई गरिने शुभकामना आदान–प्रदान, घरघरमा खेलिने होलीजस्ता सांस्कृतिक कार्यक्रम, नाचगानजस्ता गतिविधि नगर्न/नगराउन उक्त निर्णयमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार