धुर्मुस र पाँडे धनगढीमा !

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान

धुर्मुस पाडे
धुर्मुस/पाडे

धनगढीः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा जुटेका धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) भोलि शनिवार धनगढी आउने भएका छन्।

कट्टेलले रंगशाला निर्माणका लागि जनस्तरबाट आर्थिक सहयोग संकलन गर्ने अभियान चलाएका छन्। सोही क्रममा उनी धनगढी आउने भएका हुन्।

धुर्मुस र उनको समुह धनगढीको दिनेश सञ्चार गृहमा विहान ७ वजेदेखि ९ बजेसम्म रहने सो टोलीमा रहेका अर्का कलाकार अर्जुन घिमिरे (पाँडे सोल्टी)ले बताए्। धुर्मुसको टोलीले तीन दिनमा कैलालीको विभिन्न ठाउँमा पुगेर सहयोगको अपिल गर्ने भएका छन्।

उनलाई सहयोग गर्न चाहने इच्छुक व्यक्तिले दिनेश सञ्चारगृहमा समेत सम्पर्क गर्न सक्नेछन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार