राष्ट्रिय युवा नेपालको जिल्ला भेला धनगढीमा सम्पन्न !

गुटका भेलामा सहभागी नहुन निर्देशन

राष्ट्रिय युवा संघ नेपाल

धनगढी: नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला भेला धनगढीमा सम्पन्न भएको छ । ‘कार्यक्रम सुरु हुनु पूर्व अत्तरियाबाट धनगढीसम्म मोटरसाइकल ¥याली निकालिएको थियो ।

भेलालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेत,नेता बचन बहादुर सिंह लगायतकाले सम्बोधन गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष बचन सिंहले सङ्गठन र पार्टी भित्र गुटबन्दी कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । युवाहरूलाई अनुशासित भएर पार्टी र सङ्गठनमा लाग्न उनले निर्देशन दिए ।

राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेतले केपी नेतृत्वको सरकाले बिकास र समृद्धि ल्याएको दाबी गरे ।सुदूरपश्चिमलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उनले बताए । यस्तै नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफू सत्य र राष्ट्रियताको पक्षमा उभिएको बताए ।

साथै उनले सुखी नेपाली समृद्ध नेपालको नारा केपी नेतृत्वको सरकारले मात्र पुरा गर्न सक्ने उनले दाबी गरे । मन्त्री भट्टले समूह र गुटका पछि नलाग्न समेत कार्यकर्ताहरूलाई निर्देशन दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार