होलीपर्वमा भिडभाड नगर्न जिल्ला प्रहरी कार्यालय कैलालीको अनुरोध, आदेशको अवज्ञा गरे कारवाही गरिने

स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

होलीपर्वमा भिडभाड नगर्न जिल्ला प्रहरी कार्यालय कैलालीको अनुरोध, आदेशको अवज्ञा गरे कारवाही गरिने

स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रह
Advertisement

धनगढी: फागु पूर्णिमा (होली) पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ। प्रहरीले एक सुचना निकाल्दै छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जिल्लामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि होली पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको हो ।

सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु सूचनामा आग्रह गरिएको छ।

यदी उक्त आदेशको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने समेत जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार