बाघको छाला, खप्पर र दारा सहित कैलाली बाट दैलेखका एक जना पक्राउ

सादा पोसाकका प्रहरीको सफल अपरेसन

बाघको छाला खप्पर र दारा

कैलालीः बाघको छाला खप्पर र दारा सहित कैलाली बाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख आठबिस नगरपालिका ३ का ४९ बर्षका बिनि प्रसाद जैसी रहेका छन् । उनलाई जिल्लाको मोहन्याल गाउँपालिका ७ पितमारिमा संघीय इकाइ प्रहरी कार्यालयको सादा पोसाकका प्रहरी टोलिले पक्राउ गरेको हो ।

उनको साथ बाट बाघको छाला एक थान, छुट्टै बाघको खप्पर १ थान र दातको दारा एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार